
Candidate: Tashi Lhazom
Party: Rastriya Swatantra Party
District: Humla
Constituency: 1
टासी ल्हाजोम राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा हुम्ला निर्वाचन क्षेत्र-१ मा उम्मेदवारी दिएकी नयाँ उम्मेदवार हुन्। २६ वर्ष उमेरकी ल्हाजोम राजनितिशास्त्रमा स्नातकोत्तर तहको शैक्षिक योग्यता हासिल गरेकी छन्। पछिल्लो समय राजनीतिक रूपमा सक्रिय रहँदै आएकी ल्हान्जोम यसअघि समावेशी समानुपातिक सूचीमा आदिवासी तथा महिलातर्फ शीर्ष स्थानमा रहँदै राजनीतिक सहभागिताको अवसर पाएकी थिइन्, जसलाई पछि पार्टीको बन्दसूचीबाट हटाइएपछि प्रत्यक्ष उम्मेदवारका रूपमा हुम्लाबाट मैदानमा उत्रिएकी हुन्। उनले सामाजिक तथा क्षेत्रीय चुनौतीहरूलाई समेटेर स्थानीय समुदायका आवश्यकता, समृद्धि र विकासका मुद्दाहरूलाई प्रतिनिधि सभामा प्रभावकारी र सशक्त रूपमा उठाउने लक्ष्यसहित चुनावी मैदानमा उम्मेदवारी दर्ता गराएकी छिन्

