
Candidate: Shakti Bahadur Basnet
Party: Nepali Communist Party
District: Jajarkot
Constituency: 1
शक्ति बहादुर वस्नेत आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जाजरकोट निर्वाचन क्षेत्र नं.–१ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका नेता हुन्। ५६ वर्षीय वस्नेत भेरी नगरपालिका–कालेगाउँ, जाजरकोटमा जन्मिएका हुन्। स्नातकोतर तह सम्मको अध्ययन पुरा गरेका उनले विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्दै संसदीय राजनीतिसम्म सक्रिय रहँदै आएका छन्। पूर्व वन तथा वातावरण, गृह , उर्जा लगायतका मन्त्री भईसकेका तथा प्रतिनिधि सभा सदस्यसमेत रहिसकेका उनी जाजरकाेट र समग्र कर्णालीको विकास, वातावरण संरक्षण, पूर्वाधार विस्तार तथा जनजीविकासम्बन्धी मुद्दामा सक्रिय भूमिका खेल्दै आएका छन्। यसपटक उनी ‘पाँचकुने तारा’ चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा रहेका छन्।

