Skip to content

Ramesh Kumar Sapkota, RSP, Surkhet -2, Commitment Paper

Candidate: Ramesh Kumar Sapkota
Party: Rastriya Swatantra Party
District: Surkhet
Constituency: 2


रमेश कुमार सापकोटा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सुर्खेत निर्वाचन क्षेत्र नं -२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका नयाँ उम्मेदवार हुन्। ४६ वर्षीय सापकोटा वीरेन्द्रनगर सुर्खेत निवासी हुन् । एसएलसी सम्मको अध्ययन पुरा गरेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

यातायात क्षेत्रलाई सिन्डिकेटमुक्त गराउन सुर्खेतमा सक्रिय भूमिका निर्वाह गरेका सापकोटा सामाजिक सेवामा पनि संलग्न रहँदै आएका छन्। आगामी दिनमा राजनीति मार्फत मुलुकको अवस्थामा सुधार ल्याउने लक्ष्यसहित निर्वाचित भएर सक्रिय रहने प्रतिबद्धताका साथ सापकाेटा चुनावी मैदानमा छन्

Other Manifestos