
Candidate: Narayan Kumar Koirala
Party: Nepali Congress
District: Surkhet
Constituency: 2
नारायण कोइराला नेपाली कांग्रेसका तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सुर्खेत निर्वाचन क्षेत्र-२ बाट उम्मेदवारी दिएका छन्। ५२ वर्षका कोईरालाले एम.ए (स्नातकोत्तर) तहसम्मको शैक्षिक योग्यता हासिल गरेका छन्। विगतमा लामो समयसम्म सुर्खेतमा सक्रिय रहँदै राजनीति तथा सामाजिक गतिविधिमा सहभागी रहेका उनि नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति समेत हुन्।
कोइराला सुर्खेतको वीरेन्द्रनगर-९ का स्थायी बासिन्दा हुन् र उनले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। उनले रेडियो भेरी एफ.एम को अध्यक्षको रूपमा समेत नेतृत्व गरेको छ। उनले पार्टीको विचार र नीतिलाई आत्मसात गर्दै स्थानीय विकास, सामाजिक समावेशिता र जनताको आवश्यकतालाई संसद्सम्म पुर्याउने उद्देश्यसहित उम्मेदवारी दर्ता गराएका छन्।

