प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुन करिब ११ दिन मात्र बाँकी रहदा “जुम्लामा १४३ जना रास्वपा छाडेर राप्रपामा प्रवेस” भनेर ‘राष्ट्रप्रेमी मिडिया’ नामको फेसबुक पेजको पोस्टको वास्तविकता पत्ता लगाउन यो तथ्य जाँच गरिएको छ।

भ्रामक दावी
१० फाल्गुन, २०८२ (February 22, 2026) रातिको १०:१८ मा ‘राष्ट्रप्रेमी मिडिया’ नामको २१ हजार (21k) फ्लोअर्स भएको फेसबुक पेज बाट “जुम्लामा १४३ जना रास्वपा छाडेर राप्रपामा प्रवेस” लेखिएको क्याप्सन सहित पृष्ठभूमिमा राष्ट्रिय प्रजातन्त्र पार्टीको हलो चिन्ह अंकित झण्डा समातेर र्यालीमा हिडिरहेको जस्तो देखिने केही मान्छेहरू भएको तस्विर क्याप्सन सहित साझा गरिएको छ, तर उक्त तस्विर नै वास्तविक नभई अरू कसैको फेसबुक पोस्टबाट स्क्रिनसट गरी राखिएको छ। उक्त स्क्रिनसटमा तल २३७ वटा कमेन्टहरू, १८९ शेयर भएको स्पष्ट देख्न सकिन्छ। त्यसैले सो तस्विर अरू कसैको फेसबुक पोस्टबाट स्क्रिनसट गरीएको पुष्टि हुन्छ।
सोहि स्क्रिनसटमा “जुम्लामा १४३ जना रास्वपा छाडेर राप्रपामा प्रवेस” लेखेर ‘राष्ट्रप्रेमी मिडिया’ नामको फेसबुक पेजले अपलोड गरेको पोष्टमा हामीले यो तथ्य जाँच गर्ने बेलासम्म ३ हजार २ सय (3.2k) लाईक, २३८ कमेन्टहरु र १८३ शेयर भइसकेको छ तर उक्त पोष्टमा कहिले, कुन कार्यक्रममा, को/को प्रवेश गरेको भनेर कुनै स्पष्ट विवरण छैन।
‘राष्ट्रप्रेमी मिडिया’ नामको फेसबुक पेजमा प्रकाशित फेसबुक पोस्टको स्क्रिनसट:

‘राष्ट्रप्रेमी मिडिया’ नामको फेसबुक पेजमा प्रकाशित फेसबुक पोस्टको लिंक:
https://www.facebook.com/share/p/1HRkPZvf1i
वास्तविक सत्य
‘राष्ट्रप्रेमी मिडिया’ नामको फेसबुक पेजले जसरी “जुम्लामा १४३ जना रास्वपा छाडेर राप्रपामा प्रवेस” भन्ने दाबी सहित फेसबुकमा तस्विर सहितको पोस्ट गरेको देखिन्छ, त्यो पोस्ट कुनै वास्तविकतामा आधारित देखिँदैन। प्रवेश गरेका व्यक्तिहरुको नाम, ठेगाना लगायतका विवरण विना नै प्रवेश गरेको भन्ने मात्र दाबी छ, जसको विस्तृत समाचार कतैपनि देखिँदैन। फोटो र स्क्रिनसट कै आधारमा समाचार सम्प्रेषण गरिएको छ। जुम्लाका स्थानिय अन्य मिडियाले साथै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि आगामी फागुन २१ गते हुन लागेको निर्वाचन जुम्लाबाट उम्मेदवार रहेका ज्ञान बहादुर शाहीले पनि आफ्नो फेसबुक वालमा पार्टी प्रवेशको विषयमा कुनै पोस्ट राखेको देखिदैन। राप्रपा उम्मेदवारले उक्त १४३ जना रास्वपा छाडेर राप्रपामा प्रवेश गरेको विषय सार्वजानिक नगर्नुले पनि ‘राष्ट्रप्रेमी मिडिया’ नामको फेसबुक पेजको भ्रामक दाबी पुष्टि हुदैन। त्यस्तै सामान्य व्यक्तिका विचार, सार्वजनिक सवालका विषय तथा राजनीतिक विषयलाई मिडियाले र अझै बढि सोसल मिडियाले कभर गरेको हामीले देख्न सक्छौ। तर १४३ जनाले एउटा पार्टी छोडेर अर्को पार्टी प्रवेश कुनै सामान्य विषय होईन तर पनि राष्ट्रप्रेमी मिडिया नामको फेसबुक पेज बाहेक अन्य कुनै मिडियाले समाचार सम्प्रेषण नगरेको विषयले पनि उक्त दाबी भ्रामक रहेको पुष्टि हुन्छ।