
Candidate: Man Bahadur Shahi
Party: Rastriya Swatantra Party
District: Rukum West
Constituency: 1
मान बहादुर शाही राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रुकुम पश्चिमबाट उम्मेदवारी दिएका युवा तथा प्राविधिक पृष्ठभूमिका उम्मेदवार हुन्। ३९ वर्षका शाही पेशाले इन्जिनियर हुन् र उनले स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन्।
इन्जिनियरिङ तथा कन्सल्टेन्सी क्षेत्रसँग सम्बन्धित व्यावसायिक अनुभव हासिल गरेका उनि विकास व्यवस्थापन, सुशासन तथा संस्थागत सुधारका विषयमा चासो राख्दै आएका छन्। यही पृष्ठभूमिलाई आधार बनाउँदै उहाँले पहिलोपटक संघीय संसद्को निर्वाचनमा प्रतिस्पर्धा गरेका हुन्। उनि राष्ट्रिय स्वतन्त्र पार्टीका रुकुम पश्चिमका जिल्ला सभापति समेत हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारका रूपमा उनले विशेषगरी सुशासन, पारदर्शिता, पूर्वाधार विकास तथा युवा सहभागिता वृद्धि जस्ता विषयलाई प्राथमिकतामा राख्दै चुनावी मैदानमा प्रवेश गरेका छन्।

