Skip to content

Mahendra Bahadur Shahi, NCP, Kalikot, Commitment Paper

Candidate: Mahendra Bahadur Shahi
Party: Nepali Communist Party
District: Kalikot
Constituency: 1


महेन्द्र बहादुर शाही आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि कालिकोट निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका अनुभवी राजनीतिज्ञ हुन्। ४९ वर्षीय शाही २०७४ सालपछि कर्णाली प्रदेश सरकारको प्रथम मुख्यमन्त्रीको रुपमा नेतृत्व गरेका थिए ।

कालिकोटको पचालझरना गाउँपालिका निवासी शाहीले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनबाट आफ्नो संसदीय यात्रा सुरु गरेका थिए। त्यसपछि २०७४ सालको प्रदेशसभा निर्वाचनमा कालिकोट–१ (ख) बाट विजयी भएका थिए भने २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। राजनीतिक जीवनमा सक्रिय शाहीले यसपटक फेरि निर्वाचनमा होमिएका छन्।

Other Manifestos