
Candidate: Lanka Bahadur Rokaya
Party: CPN (UML)
District: Dolpa
Constituency: 1
लंक बहादुर रोकाया आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा डोल्पा निर्वाचन क्षेत्र नं. १ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका युवा तथा सक्रिय राजनीतिक व्यक्तित्व हुन्। मुड्केचुला निवासी ३५ वर्षीय रोकायाले कक्षा १२ सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।
रोकाया हाल नेकपा एमाले डोल्पा जिल्ला अध्यक्ष हुन्। लामो समयदेखि पार्टी संगठन निर्माण तथा स्थानीय राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले वि.सं. २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट मुड्केचुला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार बनेका उनी हाल पार्टीको जिल्ला नेतृत्व सम्हाल्दै संघीय संसदको निर्वाचनमा सहभागी भएका हुन्।

