Skip to content

Janardan Sharma, Progressive Democratic Party, Rukum West, Manifesto

Candidate: Janardan Sharma (Prabhakar)
Party: Progressive Democratic Party
District: Rukum West
Constituency: 2


जनार्दन शर्मा ‘प्रभाकर’ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुकुम पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार रहेका छन्। यसअघि २०६४ सालदेखि निरन्तर रूपमा माओवादी केन्द्रको तर्फबाट उक्त क्षेत्रमा शानदार रूपमा विजयी हुँदै आएका शर्मा यसपटक भने पार्टी विघठन पछि आफैले बनाएको नयाँ राजनीतिक दलमार्फत चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।रुकुम पश्चिमको सदरमुकाम मुसिकोटस्थित सेरीगाउँ घर भएका ६३ वर्षीय शर्माले स्नातक तहसम्मको औपचारिक अध्ययन पूरा गरेका छन्। तत्कालीन नेकपा (माओवादी) को सशस्त्र जनयुद्धकालमा उनी जनमुक्ति सेनाका डेपुटी कमाण्डरसमेत रहेका थिए। शान्ति प्रक्रियापछि उनले शान्ति तथा पुनर्निर्माण, ऊर्जा तथा जलस्रोत, गृह र अर्थ गरी ४ महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। विशेषगरी ऊर्जा मन्त्रीका रूपमा कार्यरत रहँदा लामो समयदेखि रहेको करिब १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरी उज्यालो नेपाल बनाउने प्रक्रियामा उल्लेखनीय र सम्झनलायक काम गरेका कारण उनी ‘उज्यालो नेपाल’को परिकल्पनाकारका रूपमा परिचित छन्।

Other Manifestos