गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै झण्डै दुई तिहाई सीट संख्या जितेर पहिलो दल बनेको रास्वपाको समानुपातिक बन्द सूचीमा नाम भएका प्रकाश बोहरालाई सांसद बनाउनुपर्छ भन्ने तरिकाले सामाजिक सञ्जालमा पोस्टहरू आउन थालेपछि जेन्जी आन्दोलनका घाइते दैलेखका प्रकाश बोहराको तत्काल समानुपातिक सांसद बन्ने संभावनाको वास्तविकता पत्ता लगाउन हामीले यो तथ्य जाँच गरेका छौ।

भ्रामक दावी
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै झण्डै दुई तिहाई सीट संख्या जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट को /को सांसद बन्न सक्छन् भन्ने बारे विभिन्न अड्कलबाजी भइरहेका छन्। यस निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सीट र समानुपातिक तर्फ ५७ सीट संख्या जितेपछि समानुपातिक सूचीमा नाम समावेश भएका मध्येबाट रास्वपाले क-कसलाई सांसद बनाउँदै छ, को-को सांसद हुनुपर्छ भन्ने जस्ता विषयमा आफ्ना आफ्ना धारणा सहितका अभिव्यक्ति आइरहेको देखिन्छ।
जसमध्ये विशेष गरी जेन्जी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका दैलेखका प्रकाश बहादुर बोहरा (जसको रगत लत्पतिएको जुत्ता भाइरल भएको थियो, उनलाई रास्वपाले समानुपतिक बन्द सूचीमा समावेश गरेको थियो) लाई सांसद बनाउनुपर्छ भन्ने खालका पोस्टहरु सामाजिक सञ्जालमा आउन थालेका छन्।
‘प्रतिमा क्षेत्री’ नाम भएको ५६ हजार (56k) फ्लोअर्स फेसबुक पेजबाट २९ फागुनमा “जेन्जी आन्दोलनमा पहिलो गोलि खाने कर्णाली दैलेखका प्रकाश बोहरालाई : समानुपातिकमा प्रतिनिधित्व सुनिश्चित गरियोस् । आन्दोलनका घाइते र सहिद परिवारका मान्छेलाई समानुपातिकमा राखेर सहानुभूति बटुलेर चुनाव मा भोट सोर्ने अन्तिममा सेलिब्रेटीहरूलाई अगाडि ल्याउने षड्यन्त्र नहोस्। न्याय मिलोस” लेखिएको क्याप्सन सहित घाइते प्रकाश बोहोराको एउटा अस्पतालको वेडमा भएको र अर्को एउटा फोटो राखेर पोस्ट गरिएको छ।
प्रतिमा क्षेत्री नाम भएको फेसबुक पेजबाट गरिएको पोस्टको स्क्रिनसर्ट हेर्नुहोस्:

प्रतिमा क्षेत्री नाम भएको फेसबुक पेजबाट गरिएको पोस्टको लिंक:
https://www.facebook.com/share/185N4VkULT
त्यस्तै ‘Hema Khadka Bulletrani’ नाम भएको १६ हजार (16K) फ्लोअर्स भएको फेसबुक पेजबाट २९ फागुनमै “प्रकाश सपुत लगायत अरु सबैलाइ पछि मिलाउ हामिलाइ हाम्रो कर्णालिको न्याय चाहिन्छ , प्रकाश बोहोरालाइ सम्मानपुर्बक सदनमा देख्न पाउनुपर्यो।” लेखेर पोस्ट गरिएको छ।
Hema Khadka Bulletrani नाम भएको फेसबुक पेजबाट गरिएको पोस्टको स्क्रिनसर्ट हेर्नुहोस्:

Hema Khadka Bulletrani नाम भएको फेसबुक पेजबाट गरिएको पोस्टको लिंक:
https://www.facebook.com/share/1J9h6e3Grq
माथी उल्लेखित पोस्ट हरु जस्तै अन्य व्यक्तिहरूले पनि सामाजिक सञ्जालमा जेन्जी आन्दोलनका घाइते दैलेखका प्रकाश बहादुर बोहरालाई रास्वपाले समानुपातिक सुचीबाट सांसद बनाउनु पर्ने भनिरहेका छन्।
वास्तविक सत्य
गत भाद्र २३ गते भएको जेन्जी आन्दोलनमा सहभागी हुँदा प्रहरीको गोली लागेर १९ जना युवाको ज्यान गएको थियो भने सयौ घाइते भएका थिए। ती घाइतेहरु मध्ये दैलेखका प्रकाश बहादुर बोहरा पनि एक हुन्, जो प्रहरीको गोली लागेर सडकमै ढलेपछि उनले लगाएको रगत लत्पतिएको जुत्ता बानेश्वरको सडकमा नै छुटेको थियो। जुन यो आन्दोलनको एकदमै भाइरल भएको र आन्दोलनको आइकोनिक भनिएको जुत्ता थियो।
जेन्जी आन्दोलनमा भाइरल भएको प्रकाश बोहराको जुत्ता:

यो जुत्ता उनै दैलेखका प्रकाश बोहराको थियो। पछि फागुन २१ को निर्वाचनको लागि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फ बन्द सूचीमा समावेश गरेको थियो। फागुन २१ को निर्वाचन नै जेन्जी आन्दोलनको कारण पहिलाको प्रतिनिधि सभा आधा कार्यकाल बाँकी छदै विघठन भएपछि आन्दोलनको मर्म बमोजिम फागुन २१ को लागि निर्वाचन तोकिएको थियो। उक्त निर्वाचनको अन्तिम परिणाम आइसकेको छ। जसमा सबैभन्दा ठूलो दल बनेको रास्वपाले प्रत्यक्ष तर्फ १२५ सीट जितेको छ। समानुपातिकतर्फ खसेको मत १,१२,८०,६१७ मध्ये १,०८,३५,०२५ (९६.०५%) मत सदर भएको थियो। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सीट जित्न सफल भएको छ।
निर्वाचन आयोगले २८ फागुनमा निकालेको विज्ञप्तिको स्क्रिनसर्ट हेर्नुहोस्:

निर्वाचन आयोगले २८ फागुनमा निकालेको विज्ञप्ति हेर्नुहोस्:
निर्वाचन आयोगले सार्वजानिक गरेअनुसार रास्वपाले समानुपातिक तर्फ प्राप्त गरेको मत हेर्नुहोस्:

यसरी सबै भन्दा ठूलो दल बन्दै झण्डै दुई तिहाई सीट संख्या जितेको रास्वपाबाट अब को/को सांसद हुन्छन् भन्ने सन्दर्भमा जेन्जी आन्दोलनका घाइते दैलेखका प्रकाश बहादुर बोहराको सांसद बन्ने सम्भावना कम रहेको हाम्रो तथ्य जाँचले देखाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीमा प्रकाश बहादुर बोहराको नाम क्रम संख्या ३६ मा छ भने उनी खस आर्य पुरुष तर्फ ४ नम्बरमा छन्।
निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक बन्द सूचीको स्क्रिनसर्ट हेर्नुहोस्:

निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक बन्द सूची हेर्नुहोस्:
https://election.gov.np/admin/public//storage/HOR%202082/PR/PR_FINAL.pdf
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रत्यक्षतर्फ १२५ सीट जितेकोमा त्यसमध्येका सबैभन्दा धेरै झण्डै ८० जना खसआर्य तर्फका उम्मेदवार छन्।जसमा ७ जना महिला रहेका छन्। समानुपातिकमा समावेशिताको सिद्धान्त अनुसार सबैलाई समेट्नु पर्ने संवैधानिक र कानुनी जटिलता छन्। समानुपातिक निर्वाचन निर्देशिका, २०८२ (दोस्रो संशोधन समेत) को परिच्छेद -४ को दफा १३ को उपदफा ३ को खण्ड ‘क’ अनुसार खस आर्य तर्फ ३०.२८ प्रतिशत मात्र छुट्याइएको छ।
समानुपातिक निर्वाचन निर्देशिका २०८२ को दफा १३ (३) ‘क’ मा उल्लेखित व्यवस्थाको स्क्रिनसर्ट हेर्नुहोस्:

निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक निर्वाचन निर्देशिका-२०८२ हेर्नुहोस् :
यसरी हेर्दा धेरै उम्मेदवार खस आर्यहरु प्रत्यक्ष तर्फ निर्वाचित भएको त्यसमा पनि महिलाहरु एकदमै कम (७ जना मात्र) भएको र प्रत्येक दलले समावेशीताको आधारमा प्रतिनिधित्व गराउनु पर्ने कानुनी जटिलताले रास्वपाको तर्फबाट खस आर्य तर्फका पुरुषहरु समानुपतिक सांसदमा पर्ने सम्भावना एकदमै कम देखिन्छ। अन्य जातजाती, समुदाय तथा महिलाको समेत प्रतिनिधित्व गराउनुपर्ने समावेशी सिद्धान्त र कानुनी प्रावधानहरुको कारण प्रकाश बोहराको समानुपातिक सुचीबाट सांसद बन्ने संभावना तत्काल कम रहेको हाम्रो तथ्य जाँचले देखाएको छ।