
Candidate: Him Bahadur Shahi
Party: Independence Candidate
District: Dailekh
Constituency: 2
हिमबहादुर शाही आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा दैलेख क्षेत्र नं. २ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका एक युवा व्यक्तित्व हुन्। साधारण परिवारमा जन्मिएका शाहीले आर्थिक अभावबीच संघर्षपूर्ण जीवन यात्रा तय गर्दै श्रम र आत्मनिर्भरतालाई आफ्नो आधार बनाएका छन्।
वि.स २०५६ सालमा जन्मिएका शाहीले राजनीतिशास्त्रमा स्नातक सम्मको अध्ययन पुरा गरेका छन्। विगत झण्डै एक दशकदेखि समाजसेवामा सक्रिय रहँदै शिक्षा, सामाजिक न्याय र सिमान्तकृत समुदायको पक्षमा आवाज उठाउँदै आएका शाही जनताको वास्तविक समस्यालाई राजनीतिक माध्यमबाट समाधान गर्ने उद्देश्यका साथ सक्रिय राजनीतिमा लागेका हुन्।

