
Candidate: Gopal Sharma (Anal)
Party: Nepali Communist Party
District: Rukum West
Constituency: 1
गोपाल शर्मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा रुकुम पश्चिम निर्वाचन क्षेत्र-१ बाट उम्मेदवारी दिएका अनुभवी राजनीतिज्ञ हुन्। ४८ वर्ष उमेरका शर्मा स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गरिसकेका छन्। उनि यस अघि प्रदेश सभा सदस्यका रूपमा २०७४ मा निर्वाचित भइसकेका र त्यस क्रममा प्रदेश सरकारमा अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हालेका अनुभवी नेता हुन्। विद्यार्थी संगठनबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका शर्मा पार्टीभित्र विविध जिम्मेवारीमा संलग्न रहँदै आएको र तत्कालिन माओवादीले गरेको १० वर्षे जनयुद्दमा समेत लड्दै भुमिगत रुपमा राजनीतिक जिम्मेवारी सम्हालेको अनुभव छ। यस पटक संघीय संसदमा प्रतिनिधि सभा सभा सदस्यको उम्मेदवारको रूपमा रुकुमको विकास, सामाजिक न्याय र जनप्रतिनिधित्व सुदृढ बनाउने लक्ष्य राखेर चुनावी मैदानमा उत्रिएका छन्।

