
Candidate: Dr. Deependra Rokaya
Party: Nepali Communist Party
District: Humla
Constituency: 1
डा. दीपेन्द्र रोकाया नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा हुम्ला निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार हुनुहुन्छ। उहाँको जन्म हुम्लाको सर्केगाडमा भएको हो। प्रारम्भिक शिक्षा हुम्लाबाटै हासिल गर्नुभएका डा. रोकायाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि (PhD) उपाधि प्राप्त गर्नुभएको छ। उहाँ अनुसन्धान, नीति निर्माण तथा विकास योजनाको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। डा. रोकायाले नेपाल विकास अनुसन्धान प्रतिष्ठानमा वरिष्ठ अनुसन्धानकर्ता तथा कर्णाली प्रदेश योजना आयोगको सदस्यका रूपमा कार्य गर्दै कर्णाली प्रदेशको विकास योजना, नीति तथा कार्यक्रम निर्माणमा योगदान पुर्याउनुभएको छ।शिक्षा, अनुसन्धान र नीति निर्माणको अनुभव बोकेका डा. रोकाया हुम्लाको समावेशी विकास, सुशासन र दिगो परिवर्तनलाई प्राथमिकतामा राख्दै प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुनुहुन्छ। उहाँ नेपाली कम्युनिष्ट पार्टी हुम्लाको संयोजक समेत हुनुहुन्छ।

