
Candidate: Dhurba Raj Oli
Party: Independent Candidate
District: Salyan
Constituency: 1
धुर्वराज ओली आगामी फागुन २१ गते हुनलाग्नेको प्रतिनिधि सभा निर्वाचनमा सल्यान निर्वाचन क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवार का रूपमा चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेका छन्। उनि सल्यान जिल्लामा जन्मिएर हुर्किएका साथै सामाजिक रुपमा सक्रिय नागरिक हुन्। ओलीले MBS र LLB ( कानुनमा स्नातक तहको कानून) शिक्षा हासिल गरेका छन्, जसले उनलाई व्यवस्थापन, प्रशासनिक तथा कानूनी पक्षहरूमा आधारभूत दक्षता प्रदान गरेको छ। उहाँ आफ्नो पेशागत तथा सार्वजनिक जीवनलाई समाज र न्यायप्रतिको प्रतिबद्धता सहित अघि बढाउँदै आएका छन्। सल्यानका मतदातासँग निरन्तर सम्पर्कमा आएर स्थानीय सामाजिक, आर्थिक तथा प्रशासनिक आवश्यकता र जनसरोकारका विषयहरूलाई नजिकबाट बुझ्दै आएका धुर्वराज ओलीले स्वतन्त्र उम्मेदवारका रूपमा स्थानीय विकास, सुशासन, पारदर्शिता तथा शिक्षा-स्वास्थ्यसम्बन्धी प्राथमिकतालाई अघि बढाउने उद्देश्यसहित प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएका छन्।

