Skip to content

Dhan Bahadur Budha, NCP, Dolpa, Commitment Paper

Candidate: Dhan Bahadur Budha
Party: Nepali Communist Party
District: Dolpa
Constituency:
1


धन बहादुर बुढा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा डोल्पा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका अनुभवी राजनीतिक नेता हुन्। वि.सं. २०३१ साल फागुन ७ गते काइके गाउँपालिका–२, सहतारामा जन्मिएका ५१ वर्षीय बुढा हाल ठुलीभेरी नगरपालिका–३, दुनै बजार निवासी हुन्। उनले एस.एल.सी. सम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।

बुढा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हाल्दै आएका छन् र लामो समयदेखि पार्टी संगठन निर्माण तथा स्थानीय राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनले डोल्पाबाट २०७०, २०७४ र २०७९ को गरी ३ ओटा संघीय निर्वाचनमा जित हासिल गरीसकेका छन् भने पुर्व मन्त्रीको समेत अनुभव भएका उनले डोल्पा जिल्लाका स्थानीय आवश्यकता, विकासका प्राथमिकता, सुशासन तथा जनसरोकारका विषयहरूलाई संघीय संसदमार्फत प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित पुनः यसपटक उम्मेदवारी दिएका हुन्।

Other Manifestos