Skip to content

दैलेख १ मा कांग्रेसबाट उम्मेदवारी दिएकी बासना थापा के पहिलो पटक चुनावमा होमिएकी हुन्?

प्रतिनिधि सभा सदस्यका लागि दैलेख निर्वाचन क्षेत्र नम्बर-१ मा नेपाली कांग्रेसको तर्फबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दिएकी बासना थापा चुनावी अनुभव भएका, पटक पटक दोहोरिएका अन्य दलका उम्मेदवारसँग पहिलो पटक चुनावमा होमिएको भनि ई-कान्तिपुर र नागरिक न्युजबाट प्रकाशित समाचार अनुसार उनि पहिलो पटक चुनावमा होमिएको भनिएको छ। तर हाम्रो तथ्य जाँचले बासना थापाको उम्मेदवारी पहिलो पटक हो भन्ने दाबी भ्रमपुर्ण रहेको पाइएको छ।


१७ माघ, २०८२ मा ई-कान्तिपुरमा प्रकाशित ‘चुनावका अनुभवीसित बासनाको पहिलो लडाई’ भन्ने शीर्षकमा आधारित समाचारमा ‘बासनाको पहिलो लडाई’ भन्ने सहितको दाबी गरिएको छ। अन्य दलका उम्मेदवारको २०५४ को स्थानीय तहको निर्वाचनमा उम्मेदवारी, प्रदेश सभा सदस्यका लागि दिएको उम्मेदवारी र प्रतिनिधि सभाका लागि दिएको उम्मेदवारीको विषय उल्लेख गर्दै गर्दा बासना थापाको विगतका चुनावको उम्मेदवारी समाचारमा समावेश छैन।

ई-कान्तिपुरमा प्रकाशित समाचारको लिङ्क:
https://ekantipur.com/politics/2026/01/31/basnas-first-battle-with-an-election-veteran-56-41.html

त्यस्तै, नागरिक न्युजले १ फाल्गुन, २०८२ मा प्रकाशित गरेको ‘दैलेख क्षेत्र नम्बर-१ मा पुराना उम्मेदवारलाई नयाँले दिए चुनौती’ शीर्षकमा प्रकाशित समाचारमा ‘बासना थापाको पहिलो पटक उम्मेदवारी’ भन्ने सहितको समाचारमा दाबी गरिएको छ। जसमा उनको पहिलो पटकको उम्मेदवारी भनि उल्लेख गरेको देखिन्छ।


नागरिक न्युजमा प्रकाशित समाचारको लिङ्क:
https://nagariknews.nagariknetwork.com/NirwachanBishes/dailekh-constituency-no-1-new-candidates-challenge-old-candidates-br-75-78.html


जसरी नागरिक न्युज र ई-कान्तिपुरमा फरक-फरक मितिमा प्रकाशित समाचारमा बासना थापाको पहिलो पटक चुनावी माहोलमा होमिएको तथा उनले पहिलो पटक उम्मेदवारी दिएको भन्ने दाबी सहितको समाचार प्रकाशित भएको छन्, उक्त समाचारहरु तथ्यपुर्ण छैनन्। उनि यसअघि पनि २०७४ को स्थानीय तहको निर्वाचनमा नारायण नगरपालिकामा उप-प्रमुख पदका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार थिइन। उनि उक्त २०७४ को स्थानीय तहको निर्वाचनमा उप प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दा ४२८९ मत प्राप्त गरि दोस्रो स्थानमा रहेको थिइन। समाचारमा प्रकाशित भए अनुसार उनले पहिलो पटक चुनावमा उम्मेदवारी दिएको भन्ने दाबी भ्रामक भएता पनि उनि प्रतिनिधि सभाको निर्वाचनमा भने पहिलो पटक चुनावी प्रतिस्पर्धामा छन्, तर समाचारहरुमा दाबी गरिएजस्तो अन्य उम्मेदवार झै उनको यस अघि कुनै चुनावी अनुभव नभएको भन्ने दाबी भने भ्रमपूर्ण नै रहेको छ।

निर्वाचन आयोगको वेबसाइटमा अभिलेख भएको २०७४ सालको स्थानीय निर्वाचनमा मतपरिणाम र अन्य विवरण हेर्नुहोस। https://result.election.gov.np/ElectionResultDetails.aspx?phaseID=1