Skip to content

निर्वाचन आयोगले थाल्यो मतदाता नामावली सङ्कलन तथा अद्यावधिक

निर्वाचन आयोगले गत चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
नामावलीमा त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइँ विवरण अनलाइन माध्यमबाट अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ।
निर्वाचन आयोगले यस अघि प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ घोषणा भएपछि आयोगले गत मङ्सिर ६ गतेदेखि उक्त कार्य स्थगन गरेको थियो ।

राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्नसक्ने व्यवस्था मिलाइएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएका नेपाली नागरिकको हकमा आयोगको आयोगको प्रणालीमार्फत अनलाइन फारम भरी आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण दिन प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइँको विवरण अद्यावधिक गर्नेलगायतका कामसमेत अनलाइन माध्यमबाट गर्न सकिने आयोगले जनाएको छ।