Skip to content

Yogendra Bahadur Shahi, NCP, Dailekh-2, Commitments

Candidate: Yogendra Bahadur Shahi
Party: Nepali Communist Party
District: Dailekh
Constituency: 2


योगेन्द्र बहादुर शाही फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा दैलेख निर्वाचन क्षेत्र नं. २ बाट नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार रहेका छन्। ५१ वर्षीय शाही दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका स्थायी बासिन्दा हुन्। उनले जवाहरलाल नेहरू विश्वविद्यालयबाट एम.फिल. तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्।

शाही लामो समयदेखि राजनीतिक तथा वैचारिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। उनी कर्णाली प्रदेश योजना आयोगका पूर्व उपाध्यक्षका रूपमा समेत काम रहिसकेका छन् भने युवासम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत युवाको हितमा काम गरेको अनुभवसमेत राख्छन्। उनले स्थानीय आवश्यकता, विकासका प्राथमिकता तथा जनसरोकारका विषयहरूलाई संघीय संसदमार्फत प्रभावकारी रूपमा उठाउने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा सहभागिता जनाएका छन्।

Other Manifestos